महिलाले दिईन ४ शिशुको जन्म !
धनगढी असोज १० ,धनगढीकी २७ वर्षीया खगित्रा शाहीले बुधवार सिनामंगल स्थित मेडिकल कलेजमा ४ सन्तानको जन्म दिएकी छिन। शाहीले तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भलाई उनी लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो।
आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन। तथापी बच्चाहरुको तौल क्रमश ;१.४, १.५, १.६ केजी र एकको ९ सय ५० ग्राम रहेको बताईएको छ। ति शिशुहरुलाई अझै केहि दिन अस्पतालको निगरानीमा राखिने जनाईएको छ।