एकै परिवारका ११ जनाले एक आपसमा गरे २३ पटक बिवाह ! कारण यस्तो
एजेन्सी , चीनमा बिवाह र सम्बन्ध बिच्छेदलाई लिएर अचाम्मको खबर बाहिरिएको छ। यहाको एकै परिवारका ११ जनाले सरकारी योजना उपयोग गर्ने लालचमा एक आपसमा २३ पटक बिवाह गरेका छन। तर बिवाह गरेको १ हप्ताभित्र नै यिनीहरुले आपसमा सम्बन्ध बिच्छेद समेत गरेका छन। यसको सुरुवात झेजियांग प्रांतको लिशुई शहरको सानो गाउँमा बस्ने पैन नामक व्यक्तिले गरेका हुन।
सरकारले स्थानीयवासीका लागि कम्तिमा पनि ४० वर्गकिलोमिटर अपार्टमेंट दिने योजना थाहा पाएपछि उनले यो सब गरेका हुन्। पैनले यस सरकारी योजनाबाट लाभ उठाउनका लागि बिवाह गर्ने योजना बनाई डिभोर्स भईसकेकी पुर्व पत्नीसँग बिवाह गरेका हुन्। योजना अनुरुप सरकारले भनेकाे अपार्टमेन्ट आफुले पाएपछि उनले पुन श्रीमतीसंग सम्बन्ध बिच्छेद गराएका हुन्। यहासम्म कि उनले अपार्टमेन्ट पाउने लोभमा आफ्नै साली र बहिनिसंग पनि बिवाह गरेका थिए।
पिपुल्स डेल्लीका अनुसार उनको यस काममा उनका नजिकका आफन्तहरु पनि संलग्न थिए त्यति मात्र नभई उनका आमा बाबुले पनि पुन बिवाह गरेका हुन। पैनले धोकाले सबैसंग बिवाह गर्दै डिभोर्ड दिएको खबर सरकारी अधिकारीले थाहा पाई उनलाई पक्राउ गरेको छ। हाल प्रहरीले ४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्दै छ भने अन्य ७ जनालाई जमानतमा रिहा गरेको छ।