विचित्र विश्व

सुरु भयो चराले गीत गाउने प्रतियोगिता; बिजेतालाई अढाई लाख नगद पुरस्कार !

सुरु भयो चराले गीत गाउने प्रतियोगिता; बिजेतालाई अढाई लाख नगद पुरस्कार !

मानिसले गीत गाउने प्रतियोगिता त विश्वमा धेरै आयोजना हुने गरेका छन।  तपाईले सुन्नुभएको छ छ अनि देख्नुभएको पनि।  तर के तपाइले चराका लागि सांगीतिक प्रतियोगिता आयोजना गरेको भन्ने कहिले सुन्नु भएको छ।  पक्कै पनि छैन होला।  तर धेरै नसोच्नुहोस यो कुरा साँचो हो।  चराले गीत गाउने यस्तो प्रतियोगिता थाईल्यान्डमा आयोजना गरिएको  छ । थाइल्याण्डको नारथीवाटमा पंक्षीहरुको संगीत प्रतियोगिता भएको हो ।

यस प्रतियोगितामा थाइल्याण्डका अलावा सिंगापुर र मलेसियाबाट समेत गरी १८ सयभन्दा धेरै चराहरुले गीत गाएर भाग लिएका छन् । चार महिनाको तालिमपछि चराहरुले प्रतियोगितामा भाग लिएका हुन् । अघिल्लो वर्ष पनि थाइल्याण्डमा यस्तो प्रतियोगिता भएको थियो ।

चरा मालिकहरुले प्रतियोगिता हुनुभन्दा चार महिनाअघि नै आफ्ना चराहरुलाई तालिम दिन सुरु गर्दछन् । प्रतियोगितामा बुलबुल, सुगा, परेवालगायतका चराहरु सहभागी हुन्छन् । प्रतियोगिता विभिन्न चार चरणमा हुने गरेको छ । प्रत्येक राउण्डमा चराहरुले कम्तिमा ३ पटक २५ सेकेण्डसम्म गीत गाउनु पर्दछ।

प्रतियोगिताका क्रममा चराहरुलाई १५ फिट उचाइको खम्बामा पिँजडाभित्र राखिएको थियो । त्यसपछि ती चराहरुलाई पटकपटक गीत गाउन लगाइयो ।

निर्णायकहरुले हरेक चराहरुलाई उनीहरुको गायनको आधारमा नम्बर दिन्छन् हरेक पटक । जुन पंक्षीलाई अन्त्यमा सबैभन्दा धेरै नम्बर प्राप्त हुन्छ, उही नै विजेता बन्दछ । प्रतियोगिता जित्ने चराले पुरस्कार पनि पाउँदछ ।

यो पटकको विजेताले झण्डै अढाई लाख रुपैयाँ बराबरको रकम पुरस्कार पाएको छ । जहाकी गत वर्ष विजेतालाई १ लाख १५ हजार रुपैयाँ बराबरको रकम पुरस्कार दिइएको थियो ।

 

विशेष