नेकपा भनेको "कपाल नभएको मान्छेलाई काइँयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो"; गगन थापा
काठमाडौँ असोज ११ , नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लाई ‘कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी’ भनेर टिप्पणी गरेका हुन्। शनिवार काठमाडौँमा आयोजित दशैँको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै थापाले ‘मार्कस् भन्यो, माओ भन्यो, लेनिन भन्यो, अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भनेर भन्दैछन् । जुन कुरा चीनले आफूले दिन्छु भन्दैन, त्यो पनि हामीलाई बेच्छु भन्दैछ । नेपाल कम्युनिष्ट पार्टी भनेको कपाल नभएको मान्छेलाई काइँयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो ।’ भनेका छन।
यसका साथै नेकपाले अब सरकारविरुद्ध लड्न तयारी गर्नुपर्ने पनि बताएका छन्। कार्यक्रममा बोल्दै थापाले नेकपाले नेपालला कम्बोडियाजस्तो बनाउन लागेको आरोप समेत लगाएका छन।
कम्बोडियासंगको नेपालको राजनीतिक तुलना गर्दै थापाले भनेका छन त्यहाँ अदालत छ, तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाइको तरबार देखाएर तर्साइरहेको छ । त्यहाँ प्रेस छ, तर सरकारले चाहेको भन्दा फरक कुरा लेख्दैन । नेपाललाई त्यही बनाउन खोजिँदै छ ।’
नेकपाका अन्य काम प्रति पनि रुष्ट हुदै थापाले आक्रोश पोखेका छन। उनले नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार एक कार्यक्रममा अब कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाए । उनले भने, ‘सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए कांग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्छ ।’