विचित्र विश्व

पाल्तु कुकुरलाई दिनहुँ घुमाउन नलगे ९१ लाख जरिवाना !

पाल्तु कुकुरलाई दिनहुँ घुमाउन नलगे ९१ लाख जरिवाना !

कतिपय देशमा सरकारी नीति नियमलाई पालना नगर्दा जरिवाना तिर्नुपर्ने हुन्छ जस्तै हेल्मेट नलगाऊदा आवश्यकीय कागजातहरु नाबोक्दा आदि।  तर के तपाईले कुकुरलाई घर बाहिर नाघुमाऊदा जरिवाना लागेको भन्ने कहिल्यै सुन्नु भएको छ।  अवश्य पनि छैन होला। 

तर यो कुरा साचो हो अष्ट्रेलियामा घरपलुवा जनावरहरुलाई नघुमाएको खण्डमा भारी जरिवाना लगाइने कानुन निर्माण गरिएको छ।  क्यानबेरामा बनेको यस कानून अन्तर्गत, अब पाल्तु जनावर कुकुरलाई दिनमा कम्तिमा पनि एक पटक बाहिर लैजान अनिवार्य गरिएको छ।  

यदि कसैले नियम उल्लङ्घन गरेको खण्डमा उसमाथि ४ सय अष्ट्रेलियन डलर अर्थात् लगभग ९१ लाख रुपियाँको जरिवाना हुनेछ।  यो नियम यहाको पशु कल्याण विधयेकमा पारित गरिएको छ।  

यो विधेयकमा जनावरहरूको हित र संरक्षणको बारेमा कडा नियम बनाइएको छ। यस अन्तर्गत, कुकुरको मालिकले खाना, बस्ने र पिउने पानीको लागि उचित व्यवस्था नगरेमा जरिवाना लाग्ने उल्लेख गरिएको छ। 

नयाँ कानून अन्तर्गत , जसले २४ सै घन्टा घरपालुवा कुकुरहरूसँग बिताउछन तिनीहरूलाई कम्तीमा दुई घण्टासम्म खुला छोडेकै हुनुपर्छ । क्यानबेरामा यो कानून कुकुरलाई मात्र नभई घरेलु बिरालाहरूलाई पनि लागू गरिएको छ।


 

विशेष