कपाल नहुनेहरुका लागि खुसीको खबर , बन्यो कपाल उमार्ने टोपी !
एजेन्सी ,कपाल झरेर तक्लु भइयो भनेर चिन्तामा हुनुहुन्छ यदि हुनुहुन्छ भने अब चिन्ता नलिउनुस किनकि अध्ययनकर्ताहरुले सजिलै कपाल उमार्ने सामग्री पत्ता लगाएका छन।
अमेरिकाका विस्कान्सिन-मैडिसन विश्वविद्यालयका प्रोफेसर जूडोंग वांगले कपाल उमार्ने टोपी बनाएका छन। यो टोपी लगाएपछि व्यक्तिको शरीरमा छुट्टै प्रकारको उर्जा बढ्ने र केश रिमो उत्तेजित गर्ने इलेक्ट्रिक पल्सेज उत्पादन हुन्छ। जुन पल्सेसले कपाल उमार्न सहायता दिने गर्छ।
यस उपकरणको पहिलो परिक्षण मुसामा गरिएको थियो जुन सफल भयो। प्रोफेसर वांगका अनुसार कपलो उमर्नका निमित्त यो टोपी दिनहू लगाईरहनु पर्छ भन्ने छैन। हरेक दिन कह्गी घण्टा यो टोपी लगाउनाले पनि यसको असर देखा पर्छ। यसका अलावा सुतेको समयमा यो टोपीले प्रभावकारी ढंगले काम नगर्ने पनि बताईएको छ।
यो टोपी तिनै कपाल नभएकाहरुका लागि प्रभावकारी होस् भन्ने ढंगले बनाईएको हो प्रोफेसर वांगले बताए।