भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा
काठमाडौं । एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छन् । फ्रान्सको वाज क्षेत्रको मारिनीले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचालिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् ।
मुद्दाको सुनुवाई गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसबोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् ।
दुवैतर्फको बयान, प्रहरीको अनुसन्धान, मारिनीले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरुको अध्ययनपछि अदालतले बिहीबार उजरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो । त्यसका साथै अदालतले भाले बिहानै बास्न पाउने फैसलासमेत गरेको छ । अदालतले अनाहकमा बुसेलाई अदालत जानु परेकोले क्षतिपूर्तिबापत् उजुरीकर्तालाई नै एक हजार युरो तिर्न आदेश दिएको हो ।
अदालतको फैसलापछि बुसेले प्रतिक्रिया दिइन्, ‘अब मेरो भाले बास्न पाउने भयो । फैसलाले हाँस कुखुरा, चरा, भ्यागुतालगायत प्राकेतिक जीवजन्तुको अधिकारको सुरक्षा भएको छ र प्रकृतिविरुद्ध लाग्नेलाई पाठ सिकाएको छ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।