विचित्र विश्व

दुई सुन्दर आत्महत्या

दुई सुन्दर आत्महत्या

आत्महत्या एवं आत्मदाहलाई कहिल्यै राम्रो मानिँदैन। आत्महत्याका दृश्य भयभीत गर्न किसिमका हुन्छन्। तर केही फोटोग्राफरले आत्महत्या र आत्मदाहका तस्बिरलाई यसरी कलात्मक ढंगले खिचे कि ती दृश्य मानिसको मानसपटलबाट हट्न सकेको छैन। कतिपय परखीहरू तीनै तस्बिर अहिलेसम्म देखेका आत्महत्या र आत्मदाहको सबैभन्दा आकर्षक तस्बिरसमेत मान्छन्।

सन् १०४७ मे १ तारिखमा अमेरिकाको इम्पायर स्टेट बिल्डिङबाट हाम फालेर आत्महत्या गरेकी २३ वर्षीय एभेलिन म्याकहोलेको तस्बिरलाई अहिलेसम्म सर्वाधिक राम्रो आत्महत्या मानिन्छ। बिल्डिङबाट हामफालेर आत्महतया गर्दा एभेलिना लुमोसिन गाडीमा बजारिइन्। त्यसैले गाडीको छत कुच्चियो भने उनी त्यसमाथि आनन्दपूर्व सुतेजस्तो देखियो। फोटोग्राफीको विद्यार्थी हुँदा रोबर्ट विलियमले खिचेको यो तस्बिरलाई लाइफ म्याग्जिनले विशेष प्राथमिकतामा राखेर प्रकाशित गरेको थियो।

भियतनामामा सन् १९६३ मा बौद्ध भिक्षुहरूले गरेको आत्दोलनका क्रममा खिचिएको आत्मदाहको तस्बिर पनि विश्वकै उत्कृष्ट आत्मदाह मानिन्छ। भिक्षुहरूले गरेको आन्दोलनका क्रममा एक भिक्षुले शरीरमा प्रज्वलनशील पदार्थ छर्केर ध्यान गरेको अवस्थामा गरेको आत्मदाहलाई फोटोग्राफर माल्कोम ब्रोनीले आफ्नो क्यामरामा कैद गरेका थिए। यो तस्बिरले उनलाई पत्रकारिताको सर्वोत्कृष्ट पुरस्कार पुलित्जर दिलायो भने यो तस्बिरलाई सन् १९६६ को वर्ल्ड प्रेस फोटोले वर्षकै सर्वोकृष्ट फोटोसमेत घोषित गरेको थियो। साप्ताहिकबाट।

आत्महत्या

विशेष