विचित्र विश्व

पानीको हाहाकार भएपछि अष्ट्रेलियाले १० हजार उँटलाई गोली हानी मार्दै

पानीको हाहाकार भएपछि अष्ट्रेलियाले १० हजार उँटलाई गोली हानी मार्दै

अस्ट्रेलिया। अस्ट्रेलियाले १० हजार जंगली ऊँटलाई गोली हानी मार्न थालेको छ। जंगलमा लागेको भिषण आगलागी र सुख्खा मौसमका कारण पानीको हाहाकार भएपछि अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।

पानी पाउन मुश्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या बढ्दै गएको भन्दै स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए।

हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले बुधबारदेखि पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गोली हानी मार्न थालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।

जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने चलन पहिले देखि रहिआएको छ । अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ । 

जङ्गली ऊँट

विशेष