एकै वर्षमा दुईपटक जुम्ल्याहा बच्चाको जन्म !
अमेरिकामा एक महिलाले एक बर्षमा दुईपटक जुम्ल्याहा सन्तानको जन्म दिएकी छिन। फ्लोरिडामा बस्दै आएकी एलेक्सजैंड्रिआ वोलिस्टनले पहिलोपटक २०१९ मार्चमा र दोस्रोपटक २०२० डिसेम्बरमा जुम्लायाहा बच्चालाई जन्म दिएकी हुन्।
मार्चमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी उनि मे महिनामा नै गर्भवती भएकी थिइन्। त्यसैबेला डाक्टरले उनलाई फेरी पनि जुम्ल्याहा शिशुको जन्म हुन सक्ने बताएका थिए। चारै जना बच्चाको स्वास्थ्य स्थिति ठिक रहेको उनि बताउछिन।
वोलिस्टनको यसका अलावा एक छोरी पनि छिन। योसँगै उनि अब ५ सन्तानको आमा भएकी छिन। 'यिनीहरुलाई जन्म दिनुभन्दा पहिले म नर्भस भएको थिए डर थियो के हुने हो तर मैले सोचेजस्तो केहि भएन सबै ठिक भयो। मेरो हजुरआमाले पनि यस्तै गरि एकै बर्षमा २ पटक जुम्ल्याहा सन्तानलाई जन्म दिनुभएको थियो, तर ति बच्चा बाँच्न सकेनन, लाग्छ यो मेरो हजुरआमाको मेरो लागि गिफ्ट हो'। उनि बताउछिन
अमेरिकी सरकारले सार्वजनिक गरेको आँकडा अनुसार एक हजार डेलिभरीमा सामान्यतया जुम्ल्याहा बच्चा जन्मिने सम्भावना औसतमा ३६ पटक मात्र हुन्छ।
जुम्ल्याहा बच्चा