विचित्र विश्व

आम मानिसभन्दा फरक हुन्छन बायाँ हात प्रयोग गर्ने मानिस, जान्नुहोस्

आम मानिसभन्दा फरक हुन्छन बायाँ हात प्रयोग गर्ने मानिस, जान्नुहोस्

हाम्रो समाजमा बायाँ हातको प्रयोगलाई खासै राम्रो मानिदैन। बाबुआमाले पनि बच्चालाई सानैदेखि उल्टो हात नाचलाओस भन्ने चाहन्छन। तर उल्टो हात बढी चल्ने मानिसहरु अन्य मानिसको तुलनामा निकै नै फरक हुन्छन।  

आउनुहोस बायाँ हात बढी चल्ने मानिसका बारेमा केहि कुरा जान्ने कोसिस गरौँ 

कसैको दायाँ र बायाँ हातको प्रयोग उसको शरीरको हर्मोनको कारण हुने गर्छ। 

बायाँ हातको प्रयोग मानिसको मष्तिसकको बनावटसँग जोडिएको हुन्छ। यो बंशाणुगत कारण पनि हो।  

लण्डन युनिभर्सिटीका मनोवैज्ञानिक प्रोफेसर क्रिस मैक्मेनसका अनुसार देब्रे हातको प्रयोग गर्ने मनिंस अन्य मानिसको तुलनामा बढी समझदार र संवेदनशील हुने गर्छन।  

उल्टो हात बढी चल्ने मानिसले गणित तथा संगीतको क्षेत्रमा बढी सफलता हात पार्ने गर्छन।  

अमेरिकी पुर्व राष्ट्रपति बराक ओबामा र बिल क्लिन्टन पनि देब्रे हात प्रयोगकर्ता हुन। उनीहरुको सफलता र प्रसिद्धिबाट नै थाहा पाउन सकिन्छ कि दायाँ हात चल्ने मानिस अरु भन्दा सफल हुन्छन।  

उल्टो हातको प्रयोग केवल मानिस मात्र नभई चिम्पान्जीले पनि गर्छन। उनीहरु दुवै हातको समान प्रयोग गर्छन । संसारमा केवल १० % मानिसले मात्र बायाँ हातको प्रयोग गर्ने गर्छन ।  

हाल देब्रे हातको प्रयोग गर्ने मानिसको संख्या कम हुँदै गएको छ। जुन धेरैलाई मानिसलाई थाहा छैन।  

 

 

 

#Left Handed

विशेष