४४ सन्तान जन्माएपछि थप सन्तान जन्माउन प्रतिबन्ध
एजेन्सी । युगान्डामा एक महिलाले ४४ सन्तान जन्माएपछि थप बच्चा पाउन प्रतिबन्ध लगाइएको छ । मरियम नाबातान्जी नामक ती महिलालाई स्थानीयहरूले संसारकै सबभन्दा ऊर्वर महिलाको संज्ञा दिएका छन् ।
उनले चार जुम्ल्याहा, पाँच तिम्ल्याहा र पाँच चम्ल्याहा जन्माएकी छन् । युगान्डाका चिकित्सकहरूले उनलाई थप सन्तान जन्माउन निषेध गरेका छन् । १२ वर्षको उमेरमा विवाहका लागि बेचिएकी नाबाताज्नी एकल महिला हुन् । उनले सिलाइबुनाइ, केशकटाइ र जडीबुटी उपचार गरेर आफू र आफ्ना सन्तानको भरणपोषण गर्ने गरेकी छन् ।
विवाह गरेकै वर्ष उनले पहिलो सन्तान जन्माएकी थिइन् र अहिले उनका ३८ सन्तान बाँचेका छन् ।