विचित्र विश्व

४४४ केजी तौल भएका युवक सय किलो तौल भएकी श्रीमतीको खोजीमा

४४४ केजी तौल भएका युवक सय किलो तौल भएकी श्रीमतीको खोजीमा

एजेन्सी। पाकिस्तानी वेटलिफ्टर अरबाब खिजर हयात आफ्नो शरीरसँग मिल्ने श्रीमतीको खोजीमा छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्दै आएका २७ वर्षीया हयातको तौल ४४४ केजी रहेको छ ।

कम्तीमा पनि सय किलो तौल भएकी श्रीमतीको खोजीमा जुटेका हयातले यस अघि नै तीन सय विवाहका प्रस्ताव अस्वीकार गरिसकेका छन् । हयातका परिवारले समेत हुनेवाला बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने बताएका छन् ।

६ फिट ६ इन्च उचाई भएका हयातका परिवारका अनुसार बुहारीको उचाई समेत ६ फिट चार इन्च होस् भन्ने चाहन्छन् । हयातले भने, ‘मलाई कुनै स्वास्थ्य समस्या छैन । म अहिलेको वजनमा बिलकुल स्वस्थ र सहज महसुस गर्छु ।’

विश्वकै शक्तिशाली व्यक्तिको रेर्कड बनाउन आफूले वजन बढाउन सुरु गरेको हयातले जनाएका छन् । वजन बढाउनका लागि हयातले दैनिक हजार क्यालोरी भएको खाना खान्छन् । उनले दैनिक ३६ वटा त अण्डा मात्रै खाने गरेका छन् ।

हयातको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई धेरै मानिसले चिन्न थालेका छन् । उक्त भिडियोमा उनले एक ट्रयाक्टरलाई डोरीले बाँधेर तानेका छन् ।

आफ्ना आमाबुबालाई नाती नातिना खेलाउने ईच्छा भएका कारण विवाहका लागि केटी खोज्दै गरेको हयातले जनाए। अहिलेसम्म ३ सय विवाहका प्रस्ताव आएपनि वजन नमिलेका कारण आफू अविवाहित रहेको उनले बताए । यो समाचार नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ।  

युवक श्रीमती खोजी

विशेष