विचित्र विश्व

छोरीसँगै हनिमुन गएकी सासू ज्वाँई लिएर फरार!

छोरीसँगै हनिमुन गएकी सासू ज्वाँई लिएर फरार!

एजेन्सीः पछिल्लो समय विभिन्न अप्रत्यासित घटनाहरुले मानिसलाई झकझकाईरहेको छ। नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिन थालेका छन मानिसहरु। कहिले छोराको बिहे हुनै लाग्दा सम्धिले सम्धिनी भगाउछन त कहिले सासु ज्वाई टिपेर फरार हुन्छिन।  

लन्डनमा यस्तै एक घटना घटेको छ। ३४ बर्षीया लरेनले पार्टनरसँग बिहे भएको खुसियालीमा खुसियालीमा आमालाई पनिसंगै हनिमुन लैजादा जिन्दगीको सबैभन्दा ठुलो गल्ति साबित हुन पुगेको छ । हनिमुनको समयमा ज्वाई सासु बढी नै बोल्ने अनि किच्चिने गर्थे, जुन मलाई थोरै पनि मन पर्दैनथ्यो, तर मैले यो कुरा भने सपनामा पनि सोचेकी थिइनन की आफ्नै आमाले धोका दिएर आफ्नै श्रीमानसँग विहे गर्छिन' उनी भन्छिन् ।

बिवाह हुनुभन्दा अघि लिभिङ रिलेसनआ रहेका लरेन र उनका पार्टनर ह्वाइट पालले सन २००४ अगस्टमा विवाह गरे। विवाह धुमधामसँगै सम्पन्न भयो उनकी आमाले उनको विवाहमा १४ लाख खर्च गरेकी थिइन्। तर बिवाह भएको ८ हप्तामा पलले लरेनलाइ छोडे। 

पछि लरेनलाई थाहा भयो कि उनका पति पल आमा जुलीसँग बस्न थालेका रहेछन। २००५ मा जुलिले ज्वाईको सन्तानको जन्म दिईन र २००७ मा यी दूइले धुमधामसँग विवाह गरे। पति र आमाको विहेमा लरेन पनि सहभागी भएकी थिइन्। संसारमा सबैभन्दा बढी भरोसा र माया गर्ने मान्छेले नै अन्त्यमा धोका दिएपछि लरेनले आफ्नी आमालाई संसारको सबैभन्दा घटिया आमाको दर्जा दिएकि छिन। 

यी सब हुँदा पनि लरेनले दोस्रो विवाह त गरिन तर आमा र पुर्वपतिको विवाह भएको १३ बर्ष बितिसक्दा पनि मनको घाउ र धोकेबाजीको घटना अझ ताजै रहेको छ। 

 

 

 

 

 

 

बिवाह ज्वाई-सासु

विशेष