विचित्र विश्व

पेट दुखेर अस्पताल पुगेका युवकको गर्भवती भएको रिपोर्ट आएपछि .......

पेट दुखेर अस्पताल पुगेका युवकको गर्भवती भएको रिपोर्ट आएपछि .......

एजेन्सी। कस्तो अचम्म ! पेट देखेर चिकित्सकलाई देखाउन जाँदा गर्भवती भएको रिपोर्ट आएपछि एक पुरुषमाथि बज्रपात परेको छ। भारतको उत्तर प्रदेशका एक युवक अन्तत: पेट दुखेर अस्पताल जाँदा रिपोर्टमा गर्भवती भएको खुलेको छ।  

पुरुष गर्भवती भएको भन्ने खबरले पछिल्लो समय सामाजिक संजाल तताएको छ। उक्त व्यक्ति कसरी गर्भवती भए भन्ने खबर बाहिर नआएको भए पनि उनलाई अस्पतालले गर्भवती भएको रिपोर्ट दिए । कासगञ्ज जिल्लाको अलिगञ्ज निवासी वर्ष २२ का एक युवक सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने गर्थे ।

'दर्श'न नाम गरेका ती व्यक्तिको पेट केहि महिना अगाडिबाट अधिक नै दुखिरहेको उनले बताएका थिए । जसका कारण उनलाई धेरै नै पिडा भइरहेको थियो । पेट अति नै दुख्न थालेपछि उक्त युवक अलिगढस्थित रामद्दाट रोडमा रहेको सनराइज अस्पतालमा पेट चेकअपका लागि गए ।

युवकले अस्पतालमा केहि महिना यता पेटमा अत्याधिक पिडा महशुस भएको खबर डाक्टरलाई भनेपछि डाक्टरले उनलाई अल्ट्रासाउण्ड गर्न सल्ल्लाह दिए । त्यसपछि डाक्टरले उनको सबै शरिरको परिक्षण गरे। दिनभरको परिक्षण पछि बेलुकाको समयमा उनको रिपोर्ट निकालियो ।

डाक्टरले रिपोर्ट हेरे तर डाक्टर नै रिपोर्ट हेरेपछि अचम्ममा परे । किनभने युवकको रिपोर्टमा गर्भवती रहेको तथ्य बाहिरियो । डाक्टरले उनलाई पेटमा बच्चा भएको कारण धेरै पिडा हुने गरेको बताए । अल्ट्रासाउण्डको रिपोर्ट अनुसार पनि दर्शनको पेटमा बच्चा रहेको कुरा पत्ता लागेको छ ।

उनको पेटमा रहेको बच्चादानीको नली ९फिलोपियन ट्युब’मा गर्भ रहेको कुरा डाक्टरले बताए । एक डाक्टरको कुरा नपत्याएर दर्शनले उक्त रिपोर्टका साथ अर्को डाक्टर कहाँ पुगे तर उनलाई उक्त डाक्टरले पनि ग’र्भव’ती रहेको कुरा बताए । अर्का डाक्टरको कुरा सुनेपछि दर्शनको होश नै उड्यो र उनी बेहोस भए । अस्पतालले मजाक गरिरहेको भन्ने लागेर उनले बेहो’शबाट उठेपछि केहि मानिसहरुको सल्लाह बमोजिम जिल्ला अधिकारी कहाँ रिपोर्ट गरेका छन् ।

अस्पतालका केहि डाक्टरले भने दर्शन भन्दा अगाडि कोहि महिलाको रिपोर्ट उनलाई परेको हुन सक्ने शं’का गरेका छन् । दर्शनको रिपोर्ट बनाउने डाक्टर आ’लोक गु’प्ताले भने ग’ल्तीले रिपोर्ट बनेको स्वीकारेका छन् ।

गर्भवती पुरुष

विशेष