स्विजरल्याण्डले बनायो विश्वकै सानो सुनको सिक्का, वर्ल्ड रेकर्डमा नाम लेखाउँदै
एजेन्सी। स्विस बैज्ञानिकले प्लास्टिकको सहायताले सुनको सिक्का बनाए पश्चात स्विजरल्याण्डले पनि विश्वको सबैभन्दा सानो सुनको सिक्का बनाएको छ। स्विजरल्याण्डका सोधकर्ताद्वारा निर्मित यस सुनको सिक्काको ब्यास करिब २.९६ मिलिमिटर यानकी ०.२१ इन्च रहेको बताईएको छ।
यसको वजन मात्र ०.०६३ ग्राम रहेको छ। यस सिक्कालाई हेर्नका लागि खास प्रकारको मैग्नीफाइंग ग्लासको उपयोग गर्नुपर्दछ। सिक्कामा महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको बिशेष आकृति पनि अंकित गरिएको छ।
जुन आकृतिमा आइन्स्टाइनको जिब्रो देखाईएको छ। विश्वको सबैभन्दा सानो यस सुनको सिक्का स्विजरल्याण्डको राष्ट्रिय तक्सालमा निर्माण गरिएको हो। स्विजरल्याण्ड राष्ट्रिय टक्सालले यस सिक्काको बिक्रि मूल्य १९९ फ्रेक तोकेको छ।
सिक्का बिक्रेताका लागि सिक्कासँगै मैग्नीफाइंग ग्लास पनि उपलब्ध गराईन्छ,जसको मदतले सिक्कामा अंकित आइन्स्टाइनको तस्बिर सजिलै देख्न सकिन्छ। स्विस टक्सालमा यस प्रकारको सिक्का ९९९ मात्र रहेको बताईएको छ। अब यस सिक्काको नाम वर्ल्ड रेकर्डमा समेत लेखाउने तयारी रहेको स्विसमिन्टले जनाएका छन।
सुनको सिक्का स्विजरल्याण्ड