विचित्र विश्व

बिहे भएको ३३ वर्षपछि जुम्ल्याहा दाजुबहिनी भएको थाहा पाएपछि ......

बिहे भएको ३३ वर्षपछि जुम्ल्याहा दाजुबहिनी भएको थाहा पाएपछि ......

एजेन्सी। अमेरिकाको वाशिंगटनमा एक विवाहित जोडी विवाह भएको ३३ वर्षपछि दाजुबहिनी भएको कुरा सार्वजनिक भएको छ ।

उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चाहानामा एउटा क्लिनिकमा गएका थिए । डाक्टरले उनीहरुको बच्चा नभएको कारणको अनुसन्धान गर्ने क्रममा ल्याब असिस्टेन्टबाट अनुसन्धानका क्रममा उनीहरु जुम्ल्याहा दाजुबहिनी भएको कुरा पत्ता लगाएको छ ।

उनीहरु सन् १९८४ मा जुम्ल्याहा सन्तानको रुपमा एउटै आमाबाट जन्मिएको कुरा सार्वजनिक गरेका छन् । उनीहरुका आमाबुबाको एक दुर्घटनामा मृत्यु भएको थियो ।

अभिभावकको मृत्यु भएपछि उनीहरुलाई राज्यले रेखदेख गरेको थियो । राज्यले हुर्काएका कारण उनीहरु एक आपसमा कसैलाई नचिनेर विवाह गर्न पुगेका थिए । 

विशेष