विचित्र विश्व

केक खाँदा सास रोकिएर ६० वर्षीया वृद्धाको मृत्यु

केक खाँदा सास रोकिएर ६० वर्षीया वृद्धाको मृत्यु

एजेन्सी। अस्ट्रेलियाको क्वीन्सल्यान्डमा सबैभन्दा धेरै मिठाई खाएर प्रतियोगिता जित्ने चक्करमा ६० बर्षीया वृद्धाको मृत्यु भएको छ।

हार्वी बेस्थित बीच हाउस होटलमा महिलाले प्रतियोगिता जित्नका लागि एकैचोटि थुप्रो केक मुखमा कोचेकी थिइन् । त्यसपछि उनलाई सास फेर्न गाह्रो भयो र तत्काल उनलाई अस्पताल लगियो तथापी उनलाई बचाउन भने सकिएन।

होटलमा रहेका प्रत्यक्षदर्शीहरूका अनुसार, महिलाले धेरै केक कोचेर सास फेर्न नसकेपछि उनी भुइँमा लडेकी थिइन् । उनलाई सीपीआर दिएर होशमा ल्याउने कोशिश गरिएता पनि सफल नभएपछि एम्बुलेन्समा उनलाई अस्पताल लगिएको थियो। 

अस्ट्रेलियामा धेरै खाना खाने प्रतियोगिता निकै चर्चित छ । 'अस्ट्रेलिया डे' मा अनेकौं होटलले यस्ता प्रतियोगिता आयोजन गर्ने गर्छन् । अस्ट्रेलियामा आएका युरोपेलीहरूको यादमा यो दिन मनाउने गरिन्छ । त्यस दिन आयोजित प्रतियोगितामा केक, पाई, हट डग र अन्य कुरा खाएर पुरस्कार जित्छन् ।

केक

विशेष