विश्वको सबैभन्दा मोटो बच्चाले ४ बर्षमा घटाए १०८ केजी तौल !
कुनै पनि काम गर्ने इच्छाशक्ति मात्र हुनुपर्छ मानिसले जस्तोसुकै कठिन कामलाई पनि सहज तरिकाले गर्न सक्छ। विश्वका सबैभन्दा बढी तौल भएका बच्चा आर्या परमानाले ४ बर्षमा १०८ केजी तौल घटाएका छन।
उनले सन् २०१६ देखि तौल घटाउन सुरु गरेका थिए ,त्यतिबेला उन जम्मा १० बर्षको मात्र थिए। बेरियट्रिक सर्जरी, डाइट, नियमित ब्यायाम नै आर्याको वजन घटाउने शस्त्र रहेको उनको पिता बताउछ। उनको अहिलेसम्म एउटा मात्र सर्जरी भएको छ। झोलिएको छालालाई मिलाउन अझै दुईओटा सर्जरी गर्नुपर्ने उनि बताउछन।
सुरुमा उनि सामान्य उठने,पंचिंग ब्यागमा पन्च मार्ने गर्थे यसपछि बिस्तारै उनि वेटलिफ्टिंग गर्न थाले। आर्यमा आएको यस्तो परिवर्तनले सबैजना चकित बनेका छन।
आर्या परमाना