राजनीति

सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठक: एमसीसी पारित गर्ने प्रस्ताव

सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठक: एमसीसी पारित गर्ने प्रस्ताव

काठमाडौँ।  सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले घुमाउरो भाषामा यस्तो प्रस्ताव गरेका हुन्।

एमसीसीबारे राजनीतिक दस्तावेजमा केही उल्लेख नगरिए पनि राष्ट्रिय हितलाई सर्वाेपरि राखी ‘संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न तत्पर रहने’ उल्लेख गरेर ओली–दाहालले एमसीसी स्वीकार गर्ने संकेत गरेका हुन्। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन। 

एमसीसी

विशेष