विचित्र विश्व

भारतमा जन्मियो पुच्छरसहितको बच्चा

भारतमा जन्मियो पुच्छरसहितको बच्चा

एजेन्सी। विश्वमा पत्याउने नसकिने अनेक घटनाहरु घटिरएका हुन्छन। यस्तै भारतमा एक अनौठो तर सत्य घटना घटेको छ । भारतको नोयडामा एक दम्पतीले पुच्छरसहितको बच्चा जन्माएका छन। 

भारतको नोयडास्थित एक अस्पतालमा जन्मिएको उक्त बच्चा देखेर आमाबाबु समेत चकित परेका थिए। जनावरको जस्तो  पुच्छरसहितको बच्चा जन्मिएपछि हेर्न आउने मानिसको भिड नै लागेको छ। ति बच्चालाई हेर्न विभिन्न ठाउँबाट मानिसहरु आइरहेका छन।  

शिशुको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको  छ । चिकित्सक डा अनुराग भार्गवका अनुसार, यस्तो घटना जम्मा १ प्रतिशत देख्न पाइन्छ । पुच्छरसहित जन्मेको उक्त बच्चा स्वस्थ भएको बताइएको छ । पुच्छरलाई शरिरलाई कुनै हानि नगर्ने चिकित्सकले बताएका छन् । 

बच्चा भारत पुच्छरसहित

विशेष