विचित्र विश्व

लैंगिक समानता भन्दै युवाहरु साडी लगाउन थाले

लैंगिक समानता भन्दै युवाहरु साडी लगाउन थाले

कुनै पनि मानिसको असली पहिचान उसको खानपान, रहनसहन र भेषभुषाले निर्धारण गरेको हुन्छ। नारी पुरुष दुबै बराबरी भन्ने नारा लिएर हिड्ने हाम्रो समाज यस्तो सम्म छ कि यहाँ महिला र पुरुषले लगाउने कपडा समेत फरक छ। तर, पुणेस्थित एक कलेजमा अध्ययनरत ३ जना छात्रहरु भने साडी लगाएर कलेज पुगेका छन।  

उनीहरुले साडी लगाएर लैगिक समानता झल्काउने कोशिस गरेको बताएका छन। पुणेको 'फर्ग्युसन कलेज'मा अध्ययनरत ति तिन छात्रले कलेजको 'एनुयल ट्रेडिसन डे' को अवसरमा साडी लगाएका हुन्।  

सयौं बिद्यार्थीको सहभागी रहेको उक्त कार्यक्रममा सबै साधारण कपडामा सहभागी थिए अलावा ति तिन युवा। उनीहरुको नाम आकाश पवार, सुमित होनवाडकर र रुशिकेष सनप हो। एक वेब पोर्टलसंग कुरा गर्दै आकाश भन्छन 'केटाले केटिको कपडा लगाउनु हुदैन भनेर कतै लेखेको छैन, महिला पुरुष जो होस उसले जे मन लाग्छ त्यो कपडा निर्धक्कसंग लगाएर हिड्न पाउछ'।  त्यसैले हामी यतो अवतारमा प्रस्तुत भएका हौँ। 

उनीहरुले आफुलाई साडी लगाउन केहि मेहनत गर्नु परेको र साडी सम्हाल्न कति गाह्रो हुने रैछ भन्ने कुराको महशुस भएको पनि बताए। उनीहरुको यस साहसिक कामलाई कलेजका प्रोफेसरहरुले समेत तारिफ गरेका छन। 

एजेन्सी  

 

 

साडी कलेज छात्र

विशेष