विचित्र विश्व

इन्डोनेसियाको जंगलमा भेटियो विश्वकै ठूलो फूल

इन्डोनेसियाको जंगलमा भेटियो विश्वकै ठूलो फूल

फ्लेसिया फूललाई प्राय ‘राक्षस फूल’ को नामले चिनिन्छ । यसको परजीवि गुण र प्रतिकूल दुर्घन्धका कारण यो फूललाई राक्षस भनिएको हो । इन्डोनेसियाका वन्यजन्तु अधिकारीहरुले सबैभन्दा ठूलो र लामो राक्षसी फूल भेट्टाएका छन् । पश्चिम सुमात्राको जंगलमा फूलेको राफ्लेसिया बोट झन्डै ४ फिटको छ । 

प्राकृतिक स्रोत तथा संरक्षण केन्द्रका अनुसार पश्चिम सुमात्रामा फुलेको राफ्लेसिया फूल अहिलेसम्मको ठूलो फूल हो ।  सन् २०१७ मा पनि यो स्थानलाई सबैभन्दा ठूलो राक्षसी बोट पाउने स्थानको रुपमा रेर्कड कायम गरिएको थियो। त्यो समयमा राफ्लेसिया ४ इन्चको मात्र थियो ।

यो विरुवाको कुनै पात र हांगा छैन, यो परजीवी हो । फूलको डरलाग्दो मुखले सडेको मासुको जस्तै गन्धको फाल्ने गर्छ । यसलाई ‘लाशको फूल’ उपनाम दिइएको छ । यसको र्दुगन्धले किराहरुलाई आकर्षित गर्छ । यो फूलले आफ्नो भोजन दोस्रो बिरुवाबाट प्राप्त गर्ने गर्छ।  

यसको जीवन छोटो छ । यो फूलको मुख एक हप्तासम्म खुला रहन्छ । र बोट मर्नुअघि नै फूल मर्छ । यो फूल अक्टोबरदेखि मार्चसम्म मात्र फुल्ने गर्छ ।  

‘राक्षस फूल’

विशेष