कला साहित्य

कविता: के हुन्छ ?

कविता: के हुन्छ  ?

के हुन्छ ?
सँगै सुतिरहेकी श्रीमतीले
म तपाईंबाट असुरक्षित छु भनिन् भने,

के हुन्छ ?
निधारमा टीका टाँसिदिदा,टाँसिदिदै बैनीले
दाजुको अनुहारमा कंश देखि,
अत्तालिएर गुहार मागिन् भने

के हुन्छ ?
रातो गुलाबको फूलभित्र प्रेमिकाले
तिम्रो गिद्धे नजर देखिन् भने,

के हुन्छ ?
दूध चुसाईरहेकी आमाले
नाबालिकाको घाटीमा हात पुर्याउदै
भनिन् भने, 

आखिर !
टोकिएर, ठोक्किएर
लुछिएर, कुल्चिएर
च्यातिएर,च्यापिएर
मक्किएर, भत्किएर
शोषित भएर, बलात्कृत भएर
एकदिन तलाई 
मर्नु नै छ भने छोरी,
म नै किन नदबाउ तेरो गला अहिले नै प्रेमपूर्वक

के हुन्छ ?
आमाहरुको गला
आमाकै हातबाट दब्न थाल्यो भने,

प्रिय पुरुष मित्र,
बरु पशुहरु नै तिमीभन्दा त
निकै शभ्य हुन्छन्,
मानव हौ तिमी, मानवता कहाँ छाडी आयौ
मानव नै बनि बाचिदेउ न है
जगतमा थोरै विश्वास बढाईदेउ न 

थाहा छ सबै पुरुष उस्तै हुन्नन् र यो कविता सबैमा समर्पित पनि हैन

-सबिन लामिछाने 

विशेष