विचित्र विश्व

मिस्डकलबाट माया बसेपछि २० बर्षका युवाले गरे ६० बर्षीया महिलासँग बिहे

मिस्डकलबाट माया बसेपछि २० बर्षका युवाले गरे ६० बर्षीया महिलासँग बिहे

एजेन्सी। बाँच्नु मात्र पर्छ संसारमा अनेक कुरा देख्न र सुन्न पाइन्छ। फस्टाउँदो प्रविधिसंगै बिकृति र विसंगति पनि मौलाईरहेका छन। फेसबुकमा कुरा गरेको भरमा लभ परेको र बिहे भएको कुरा हामीले सुन्दै आइरहेका छौं। त्यस्तैगरी बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तरलाई महत्व दिइन्छ । सामान्यतया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ । कहिलेकाहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ । ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन ।

याे घटना भारतको मुरादाबादको रामपुरको हो। २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् । रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए ।

दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा भूलवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो । फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए ।

गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर विवाद गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन । याे राेचक कहानी अहिले सामाजिक संजालमा निकै भाइरल भएकाे छ ।

बिवाह मिस्डकल प्रेम

विशेष