मृतकको लाशको स्वरुपमा तयार पारिएको केक काटेर मनाईयो मृत्युको बार्षिकी (भिडियोसहित)
एजेन्सी। दुनियाँमा हरेक देशका मानिसको जिन्दगि जिउने तरिकादेखि लिएर मर्नेसम्मका रहनसन तथा संस्कृति र परम्पराहरु फरक-फरक हुन्छन् । कतिपय ठाउँका संस्कारहरु त यति धेरै अनौठ हुन्छन कि सुन्नेलाई पनि पत्याउन गाह्रो हुन्छ।
पछिल्लो समय एउटा यस्तै भिडियो सामाजिक संजालमा निकै चर्चित बनिरहेको छ । उक्त भिडियोमा कुनै व्यक्तिको डेथ एनिभर्सरी अर्थात् निधनको वार्षिकीमा मृतकको लासको स्वरुपमा तयार पारिएको केक मानिसहरुले काटेर खाइरहेका छन् ।
उक्त लासरुपी केक सर्भ गर्नका लागि त्यहाँ वेटरहरु पनि देखिन्छन् । साथै भिडियोमा केही फोटोग्राफरहरुले तस्वीर खिचिरहेको पनि देखिन्छ ।उक्त भिडियो स्पेनको रहेको बताइएको छ । तर स्पेनको कुन ठाउँमा खिचिएको हो भन्नेचाहिँ खुलेको छैन ।
भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस
https://www.facebook.com/zegotmedia/videos/1529609277193396/
केकबाट बनाइएको मृतकको शरीरलाई काटेर पाहुनाहरुले खाइरहेको दृश्य अनौठो लाग्दो अवश्य पनि छ । भिडियोलाई झट्ट हेर्दा वास्तविक मान्छे जस्तो देखिएपनि यो डेड बडीको केकको स्वरुप हो।
मृत्युको वार्षिकी केकको लास