गजल: बा र बालापन
बा मलाई त्यो बस्तिले याद गर्छ कि नाई
ओराली र उकालीले याद गर्छ कि नाई।।
जहाँ मेरो बचपन नाच्दै खेल्दै हुर्क्यो बढ्यो
त्यो घरको आँगनीले याद गर्छ कि नाई।।
माग्दा तिम्ले नदिएसी पैसा चोरी लगेको
अचेल त्यो कोटको गोजीले याद गर्छ कि नाई।।
तिम्रो कुरा नमानेर बदमास भाको बेला
मलाई पिट्ने लौरीले याद गर्छ कि नाई।।
-सबिन लामिछाने
#बा र बालापन