विचित्र विश्व

रक्सी पिएपछि किन अंग्रेजी बोल्छन मानिसहरु ? यस्तो छ कारण

रक्सी पिएपछि किन अंग्रेजी बोल्छन मानिसहरु ? यस्तो छ कारण

मादक पदार्थ सेवन स्वास्थ्यका लागि अति नै हानिकारक छ, यो त सबैलाई थाहा भएकै कुरा हो। तर तनाव, थकान र रमाइलोका लागि मानिसहरु रक्सि पिउने गर्छन। रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिस पनि फरर अंग्रेजी बोल्न थाल्छन् । अरू बेला  फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी बोल्न थालेपछि माहोल नै फरक हुन्छ । रक्सी पिएपछि मानिस किन अंग्रेजी बोल्छन् त ?

बेलायतमा गरिएको एक अध्ययनले यसको कारण पत्ता लगाएको छ । रक्सी पिएपछि मानिसको आत्मविश्वास बढ्ने र तनाव घट्ने उक्त अध्यययले देखाएको हो । अध्ययनका अनुसार आत्मविश्वास बढ्ने र तनाव घट्ने भएपछि मानिस अरुसँग डराउदैनन् र फलस्वरूप मानिसले अरूसँग विदेशी भाषामा गफ गर्न थाल्छन। 

अध्ययनमा संलग्न गराइएका मानिसमध्ये रक्सी पिउनेले विदेशी भाषा बोल्ने गरेको पाइएको थियो । रक्सी सेवन गर्नेले दुइटा भाषा सजिलै बोल्ने गरेको  पाइएकाे थियो । तर यससम्बन्धमा थप अनुसन्धान हुनुपर्ने भाषाविज्ञले बताएका छन् ।

रक्सी अंग्रेजी

विशेष