वाह सरकार!
जनताका छोराछोरी माहामारीमा
जीवन बचाइदेउ भन्दै चीत्कार र हाहाकार,
रात्री भोज, संगीत र बासुरीको धुनमा
मस्त छ बालुवाटार
प्रधानमन्त्री गुनासो मात्रै गर्छन्,
भन्छन् भनेनन् जनताले वाह सरकार !!
हत्या हिंसा त सामान्य भयो,
यहाँ त कानुन बनाउनेले नै
गर्छन् जबर्जस्ती बलात्कार,
प्रधानमन्त्रीको उहीँ गुनासो
खैरो मात्रै खन्छ्न रे पत्रकार
हिम्मत गरेन्न रे कसैले लेखिदिने
क्या गज्जब, वाह सरकार !!
कहिले मार्सीमा रमाउने, कहिले सिङ्गापुर पुर्याउने
कानुन त के होर? छिन मै फेरिन्छ,
देश र साथिभाइ संगै राख्दा
देश लुटिन्छ साथिभाइको जीवनशैली फेरिन्छ!
कसैले हिम्मत जुटाइ बोलिहाले,
अरिङ्गालले घेरिन्छ!
रास्ट्रको सम्पतीमा ब्यापारीको एकाधिकार,
प्रधानमन्त्रीको उहीँ गुनासो,
जे गर्दा पनि भनेनन् रे जनताले,
वाह सरकार !!
केही हजार र लाख मात्रै हो रे,
देखिने भ्रष्टाचार!
पक्राउ पर्ने सधैं सुब्बा र खरिदार!
करोडौं र अर्बौंको अनियमिततामा त
चुपचाप अख्तियार!
नेताले नै किन्न थालेका छन रे,
कुन दिन देखि भाडामा हुने हो खै
थाहै नपाइ बालुवाटार !
त्यै पनि प्रधानमन्त्रीज्युको एउटै गुनासो
भन्देनन रे जनताले, वाह रे वा सरकार !!
नरेश बाँस्काेटा