ओलीद्वारा ‘आपतकालीन कोष’ बनाउने मोदीको प्रस्ताव स्वीकार
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन् ।
कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीले गरेको इमर्जेन्सी फण्ड’ बनाउने प्रस्ताव स्वागतयोग्य रहेको बताउँदै विशेष धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोक्न परम्परागत औषधीलाई प्रोत्साहन गर्नुपर्ने तथा नमस्कारलाई प्राथमिकता दिनपर्ने बताए ।
उनले सीमाक्षेत्रका अस्पतालहरुलाई सीमा पार बिमारीहरुको उपचार गर्न समेत दिइनुपर्ने धारण राखे । यसलाई प्रोत्साहन समेत गरिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले अत्यावश्यक औषधी र सरसफाई विशेष ध्यान दिन समेत सबैलाई सुझाए । उनले सार्क इमर्जेन्सी मेडिकल सेन्टर आवश्यक रहेको बताए ।