चिनियाँ दम्पतिलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालियो
एजेन्सीः थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालिएको छ। मंगलवार अपराह्न वाङ जुनको शरीर कालो सुटकेसमा पिङ नदीमा तैरिरहेको पाइयो ।
प्रहरीका गोताखोरहरूले उनकी पत्नी झु बिङको शरीर खोजिरहेका छन् । झुलाई अर्को सुटकेसमा राखेर नदीमा डुबाइएको विश्वास गरिएको छ । पट्टायामा यस जोडीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भिल्ला भाडामा लिएका थिए । उनीहरू माघ २९ गते त्यहाँ पुगेका थिए । समूहका अन्य व्यक्तिहरू चीन फर्किसकेका छन् ।
जुनको शरीर सुटकेसमा खुम्च्याएर राखिएको थियो । उनको हात र गोडा रातो तारले बाँधिएको थियो । माझी सुतोन थापाथानले शरीर फेला पारेका हुन् । उनलाई सुटकेसमा कुहिएको माछा छन् जस्तो लागेको थियो । ‘सुटकेस खोल्न नै गाह्रो थियो तर मैले खोल्दा मान्छे भेटें अनि तर्सिएँ,’ उनले भने ।
प्रहरीका लेफ्टिनेन्ट कर्नेल जित्तिपोल पोलपोनप्रुएस्काले अपराधको छानबिन गरिँदै गरेको र दुईवटा पक्राउपूर्जी जारी गरिएको बताए ।
पतिपत्नी सुटकेस नदि