विचित्र विश्व

कोरोनाको संक्रमण नहुने भन्दै, जब इरानीहरु मन्दिरको ढोका चाट्न थाले

कोरोनाको संक्रमण नहुने भन्दै, जब इरानीहरु मन्दिरको ढोका चाट्न थाले

एजेन्सी । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोविड –१९) को प्रकोप चीनपछि इरानमा बढी देखिएको छ । 

बीबीसीका अनुसार इरानमा यस भाइरसका कारण अहिलेसम्म २१० भन्दा बढी मानिसको मृत्यु भएको छ । तर इरान सरकारले भाइरससम्बन्धी तथ्यांक लुकाएको र त्यसलाई रोक्नका लागि पर्याप्त कदम नउठाएको आरोप छ । 

यसैबीच इरानका धार्मिक स्थलमा मानिसहरूले ढोका चाटेको तस्वीर र भिडियो सार्वजनिक भएका छन् । जुन फोटो र भिडियोले चिन्ताजनक स्थितिको संकेत गरेको छ । भिडियोमा मानिसहरू ढोका चाट्दा आफूलाई संक्रमण नहुने भनी खुलमखुला भनिरहेका छन । 

इरानमा विद्यालय, विश्वविद्यालय र खेलकुद केन्द्रहरू बन्द गरिएका छन् र मानिसहरूलाई सार्वजनिक स्थानमा नजान अपील गरिएको छ । धार्मिक शहर कोममा सबैभन्दा बढी संक्रमण देखिएको छ तर त्यहाँका धार्मिक स्थलहरू भने बन्द गरिएका छैनन् । 

हालै मात्र गरिएको एक अध्ययनमा कोरोना भाइरस मानव शरीरबाट बाहिर हुँदा पनि नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ । तर इरानबाट आएको भिडियोमा एकजना व्यक्तिले भनेको सुनिन्छ, ‘मानिसहरूलाई कोरोना भाइरसबाट नतर्साऊ ।’ भिडियो शेयर गर्ने पत्रकार मसीह अलीनेजेदले धार्मिक स्थललाई खुला राखेर सरकारले इरान र संसारभरिका मानिसको ज्यानलाई जोखिममा पारेको बताएका छन् ।

 

कोरोना भाइरस इरानी

विशेष