घर–घरमा गएर फोहोर उठाउन मन्त्री मानन्धरको निर्देशन
सरकारले तत्काल नागरिकको घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मन्त्रालयले आजैदेखि घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका,नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो ।
संघीय राजधानी काठमाण्डौको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाण्डौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ ।