राजनीति

पूर्वमन्त्री बस्नेतलाई स्वास्थ्य सामग्री बाँड्न रोक

पूर्वमन्त्री बस्नेतलाई स्वास्थ्य सामग्री बाँड्न रोक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न रोक लगाइएको छ ।

सोमबार बिहान  प्राथमिक स्वास्थ्य केन्द्र  बाह्रविसेलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप हस्तान्तरण गर्न गएका बस्नेतलाई प्रहरीले स्वास्थ्य केन्द्रको ढोकाबाटै फिर्ता पठाएको हो ।

माथिको आदेश छ भन्दै शसस्त्र र जनपथका २० जना जति प्रहरी हस्पिटलको गेटमा नै बसेर बस्नेतलाई सामान हस्तान्तरण गर्न रोक लगाएको सिन्धुपाल्चोकका काँग्रेस नेता हरिशरण श्रेष्ठले जानकारी दिए ।

बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाको लागि चाहिने पीपीई, स्पेशल मास्क, चस्मा लगायत सामग्री स्वास्थ्य केन्द्रलाई सहयोग स्वरुप हस्तान्तरण गर्न लागेका थिए ।

यस्तो विषम परिस्थितिमा पीपीइ जस्तो अत्यावश्यक सामग्री पनि बाँड्न दिइएन यो कस्तो प्रशासनको रवैया हो नेता श्रेष्ठले आक्रोश पोखे । 

विशेष