उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक : राजपा
राष्ट्रिय जनता पार्टी (राजपा) ले कोरोना भाइरसविरुद्ध लड्न र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक रहेको बताएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलिय संयन्त्र निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।
उनले संक्रमण रोकथामका लागि खुला सिमाना र विदेशबाट नेपाल आएका र आउने नेपालीहरुको वडास्तरमै यकिन गरी क्यारेन्टाइनमा राखिनुपर्ने माग गरेका छन् ।
क्वारेनटाइन नियमित स्यानिटाईज्ड गरिनुपर्ने, त्यसका लगि आवश्यक सामाग्री सरकारले उपलव्ध गराउनु पर्ने, उपभोग्य सामाग्री वडास्तरमै उपलव्ध गराउनुपर्ने,विपन्न, दलित, दैनिक ज्यालादारी गरी गुजारा गर्नेहरुलाई राहतको व्यवस्थागर्नुपर्ने, ६० बर्ष उमेरका सामान्य कसुरमा सजय भोगिरहेकालाई प्रकृया पुर्याएर छाड्नुपर्ने माग पनि राजपाले गरेको छ ।