कोरोना भाइरसको संक्रमण हुने डरले श्रीमतीलाई बाथरुममा थुनेपछि .....
एक व्यक्तिले कोरोना भाइरसको संक्रमण हुने डरले श्रीमतीलाई बाथरुममा बन्द गरिदिएका छन । चिनियाँ महिलासँग श्रीमतीले भेटेर आएकाले उनलाई कोरोना लागेको हुन सक्ने आशंका लागेर उनले बाथरुममा बन्द गरिदिएका हुन् ।
बाथरुममा बन्द भएलगत्तै पत्नीले पुलिसलाई फोन गरेर कोठाबाट बाहिर निस्किएकी हुन् । डाक्टरसँग सल्लाह गरेर नै मैले श्रीमतीलाई बाथरुममा थुनेको हूँ, उनि भन्छन।
रिपोर्टका अनुसार कोरोनाको डरले पत्नीलाई बाथरुममा थुनेको यो घटना यूरोपको लीथुआनियाको हो। डाक्टरको जाँचमा ती महिलालाई कोरोना नलागेको पाईएको छ ।
उसो त, लीथुआनियामा कोरोना भाइरसको संक्रमण एकजनामा पनि देखिएको छैन। विश्वका करिब ७० देशमा यतिबेला कोरोना भाइरसको संक्रमण फैलिएको छ । यसमध्ये चीन, ईरान र साउथ कोरियामा सबैभनदा बढी यसको संक्रमण देखिएको छ ।
हालसम्म देशभरबाट कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार पुगेको छ भने ३ हजार भन्दा बढीको ज्यान गईसकेको छ।
Corona Virus