रेस्टुरेन्टबाट मगाएको खानामा मानिसको दाँत भेटिएपछि .......

एजेन्सी । चीनमा एक दम्पतीले रेस्टुरेन्टबाट मगाएको खानामा मानिसको दाँत भेटिएको छ । स्टिफनी म्याकडोनघ र डेविड बरोजले होम डेलिभरी गरेको खानामा मानिसको दाँत भेटिएपछि अनुसन्धान थालिएको थियो ।
अनुसन्धानमा रेस्टुरेन्टले सर सफाईमा कुनै लापरवाही नगरेको र ग्राहकको सुविधालाई मध्यनजर गरि सेवा दिंदै आइरहेकाले कारवाही भने नगरिने भएको छ । रेस्टुरेन्टका म्यानेजरले आफ्ना सबै कर्मचारी डीएनए परीक्षणका लागि तयार भएको जनाउँदै सो दात आफ्ना कर्मचारीको नभएको बताएका छन् ।
अनुसन्धानमा रेस्टुरेन्टविरुद्ध केहि प्रमाण नभेटिएपछि म्याकडोनघ र बरोजलाई निःशुल्क खानाका साथै पैसा फिर्ता गरिने भएको थियो । तर, रेस्टुरेन्टले लापरवाही गरेको बताउदै उक्त जोडीले सो प्रस्ताव अस्विकार गरेको छ ।
दाँत खाना