सायद अब यो दुनियाँ बदलिँदै छ
सबिन लामिछाने
जब सानो थिए,
सायद दुनियाँ निकै लाग्ने गर्थ्यो
याद, छ मलाई
त्यो घरदेखि स्कुलसम्मको बाटो।
त्यो चटपटेको ठेला
त्यो चिया(नास्ता) को सानो घुम्ती
त्यो चटपटे तितौराको सानो पसल ।
अहिले त्यहाँ ठूलाठूला घर,
मोवाइल, टि.भी, कपडा जस्ता ठूला ठुला पसलहरू छन
तैपनि सबै शून्य लाग्छ,
सायद अब यो दुनियाँ बदलिंदै छ ।।
जब सानो थिए,
सायद दिन निकै लामो हुने गर्थ्यो
म साथीहरूसग घण्टौ रमाउथे,
त्यो साइकल रेस
त्यो दिनभरि साथीहरूसगको भागदौड,
त्यो साँझको थकान ।।
अब साँझको पत्तो छैन,
लाग्छ दिन ढल्छ र सिधै रात हुन्छ
सायद अब यो समय बदलीदै छ।
जब सानो थिए,
सायद मित्रता निकै गहिरो हुने गर्थ्यो
दिनभर हुल बनेर खेल्ने,
त्यो साथीको घरको खाना
त्यो केहि क्षणको लडाइँ,
त्यो साथमा रुने हास्ने ।।
अहिले पनि थुप्रै मित्रहरू छन,
तर थाहा छैन मित्रता कता हरायो
अब त बस बाटोमा भेट्दा हाई, हेल्लो हुन्छ,
अनि सबै आ-आफ्नो बाटो।।
होली, तिहार, नयाँ बर्षमा
थुप्रै मेसेज आउँछन ,
तर साथमा कोहि हुदैनन
सायद सम्बन्धहरू पनि अब बदलिंदै छ ।।
जब सानो थिए, खेलहरू नि अजिवअजिव हुने गर्थ्यो
लुकामारी, छोइडुम, चोरपुलीस
अनि खै के के हो, के के
तर अहिले अफिस,फेसबुक, इन्टरनेटबाट
फुर्सद नै छैन मान्छेलाई
सायद त्यसैले अब जिन्दगी बदलिदै छ।