पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने ओली सरकारको निर्णयपछि नेपाली काँग्रेसले दियो यस्तो प्रतिक्रिया
काठमाडौं । सत्तारुढ नेकपाकै पार्टी भित्र उथलपुथल ल्याउने गरि प्रधानमन्त्री ओलीले आफुलाई पार्टी फुटाउन सजिलो हुने बिधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो धारणा समेत सार्बजनिक गरेको छ ।
देशमा कोेरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला आफ्नो स्वार्थ पुरा हुनेगरी प्रधानमन्त्रिले संसोधन बिधेयक ल्याएको भन्दै काँग्रेस त्यसलाई बेमौसमी बाजाको संज्ञा दिएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि उनले पार्टीको तर्फबाट धारणा सार्बजनिक गर्दै बेमौसमी बाजा नबचाउन आग्रह गरेका हुन् ।
संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको भन्दै शर्माले यस्तो बेला बेमौसमी बाजा बजाउँदा जगत हास्ने बताएका छन् ।
सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्नेमा जोड दिएका शर्माले झन् सत्ताको बागडोर सम्हालेकाहरु नै बरालिएको भन्दै चर्को आलोचना गरेका छन् ।