मुख्य समाचार राजनीति

कोरोना परीक्षणको दायरा समुदायस्तरसम्म विस्तार, संयम र सद्‍भावका साथ परिस्थितिको सामना - देउवा

कोरोना परीक्षणको दायरा समुदायस्तरसम्म विस्तार, संयम र सद्‍भावका साथ परिस्थितिको सामना - देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण परीक्षणको दयरा समुदायस्तरमा विस्तार गर्नुपर्ने बताएका छन् ।

आइतबार एक अपिल जारी गर्दै उनले परीक्षणको दायरा समुदायस्तरमा तीब्र रुपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने पनि बताएका छन् ।

सभापति देउवाले कुनै पनि ब्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने पनि बताएका छन् । उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैजना संयम भएर लाग्नुपर्ने पनि बताएका छन् ।

देउवाले विज्ञप्तिमा भनेका छन्, 'आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु। सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु।'

विशेष