नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक जारी, सरकारले ल्याएका २ अध्यादेशमा छलफल केन्दित
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक सुरु भएको छ । सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश ल्याएपछि त्यसबारे औपचारिक धारणा तय गर्न सभापति शेरवहादुर देउवा निवास बुढानिकलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बसिरहेको हो ।
कोरोना महामारीको बेलामा नागरिकको जीवन रक्षाका लागि गम्भीर हुनुपर्नेमा सरकारले बेमौसमी बाजा बजाएकाले पदाधिकारी बैठकमार्फत आवश्यक निर्णय गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसअघि सोमबार साँझ सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका थिए। सभापति देउवाले कोरोना महामारीको यो घडीमा सत्ताको उन्माद प्रस्तुत गर्नु नेपाली इतिहासकै सबैभन्दा दुःखद् घटना भएको उल्लेख गरेका छन् ।