मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने नथप्नेबारे के नर्णय हुने
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले चैत्र ११ गतेदेखि तीन पटकसम्म थपेको लकडाउन सोमबार सकिदैछ । सो लकडाउन सकिनुअघि नै सरकारले आवश्यक निर्णय गर्न लागेको हो । यसका लागि दिउँसो २ मन्त्रिपरिषद् बैठक आह्वान गरिएको स्रोतले जानकारी दिएको छ ।
यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाई उडानलाई थप १५ दिन प्रतिबन्ध लगाउँदै जेठ २ गतेसम्मका लागि पुर्याइसकेको छ ।
सरकारलाई विज्ञहरु तथा संसदीय समितिले कोरोना भाइरसको प्रभाव क्षेत्र बर्गिकरण गरेर लकडाउन खुकुलो बनाउन सुझाव तथा निर्देशन दिए पनि अहिल्यै त्यस्तो गरे अवस्था नियन्त्रणबाहिर जान सक्ने भन्दै उच्चस्तरीय समिति र कार्यदलमा तत्कालै लकडाउन खुकुलो पार्न नहुने आवाज उठेको थियो ।