२ बजे बाेलाइएकाे मन्त्रिपरिषद बैठक ५ बजे बस्ने
काठमाडौँ । लकडाउनबारे निर्णय गर्न २ बजे बाेलाइएकाे मन्त्रिपरिषद बैठक एकाएक स्थगित भएको छ । २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम सिससएमसी सँग छलफल गर्ने भएपछि मन्त्रिपरिषद बैठकको समय ५ बजेसम्म सारीएको हो ।
आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो। यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ।
कोरोना भाइरस संक्रमणको जोखिम नभएका ठाउहरुमा उच्च सतर्कताका साथ विकास निर्माणको कामलाई अगाडि बढाउन समेत समितिले सुझाव दिएको थियो। आजको बैठकमा लकडाउनको मोडालिटीबारे समेत छलफल हुने स्राेतकाे भनाई छ ।