ओलीले नेपालसँग छलफल गरिरहँदा खनाल र गौतमले भेटे प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरुको राजनीतिक भेटवार्ता चलिरहेको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । त्यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भने वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले भेटेका छन् । दुवै नेताले छुट्टाछुट्टै भेटेको नेकपा स्रोतले जनाएको छ ।
ओली र नेपालबीच एक्लाएक्लै कुराकानीपछि दुवैतर्फका नेताहरु संवादमा जुटेका छन् । ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल शुरु भएको छ ।
नेकपामा नेताहरुले स्थायी कमिटी बैठक तत्काल बोलाउन माग गर्दै आएका छन् । तर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तत्काल बैठक राख्ने पक्षमा छैनन् ।