ओली-नेपालबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता, क-के भयो कुराकानी ?
काठमाडौं। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट वार्ता भएको छ । दुई नेताबीच सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।
करिब १ घन्टा दुई नेताबीचको एक्लाएक्लै छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको नेता नेपालनिकट स्रोतले बतायो । ओली र नेता नेपाल पक्षबीच निर्णयक वार्ता र छलफल हुँदैछ ।
त्यसका लागि दुबैपक्षबाट चारचार जना नेतालाई जिम्मेवारी दिइएको छ । जसमा ओली पक्षबा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।
त्यस्तै नेपाल पक्षबाट बरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको जनाइएको छ । पछिल्लो शक्ति संघर्षमा नेता नेपाल निर्णायक भएपछि प्रधानमन्त्री ओलीले सहमति गरेर अघि बढ्ने प्रस्ताव आफू निकट नेता मार्फत नेपालसमक्ष राखेका छन् ।
नेकपामा केही दिनयता चर्को विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ढंगले चल्न खोजेको भन्दै अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालसमूहले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएको छ ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसमेत तयारी भएपछि नेकपाभित्रको विवाद उग्र बनेको हो । यसअघि हिजो प्रचण्डसहित नेता नेपाल निवास कोटेश्वरमा बसेको आफू नकिटका स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीलाई बैठक आह्वान गर्न दबाव दिने निर्णय गरेको थियो ।