माधव नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव, प्रचण्डले के भने ?
काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किदै गएको छ । सोमबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले माधव नेपाललाई पनि अध्यक्ष बन्न प्रस्ताव गरेका छन
नेपालनिवास कोटेश्वरमा साेमबार दिनभर भएको छलफलमा ओलीले यस्तो प्रस्ताव गरेका हुन । तर नेपालले भने ओलीको पार्टी अध्यक्ष बन्ने प्रस्तावलाई स्वीकार गरेका छैनन् ।
नेपाल ओलीले पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्ने अडानमा छन । 'अध्यक्ष ओलीले नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको छ तर माधव नेपाल भने ओली नै अध्यक्षबाट हट्नुपर्ने अडानमा हुनुहुन्छ ।' नेकपानीकट एक नेताले नेपाल आजसङ्ग भने ।
यता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दहला प्रचण्ड भने नेपाललाई प्रधानमन्त्री बनाएर आफू नेकपाको एकल अध्यक्ष बन्ने दाउमा छन । उनले नेपाललाई पार्टी अध्यक्षभन्दा पनि प्रधानमन्त्री बनाउने र ओलीलाई विदा गरेर आफू मात्रै पार्टी अध्यक्ष बन्न कसरत गरिरहेका छन ।