राजनीति

ओली-प्रचण्डबीच विवाद चर्किएपछि शान्ता चौधरीलाई काठमाडाैं फर्किन हतारो, फेसबुकमा लेखिन यस्तो स्टाटस

ओली-प्रचण्डबीच विवाद चर्किएपछि शान्ता चौधरीलाई काठमाडाैं फर्किन हतारो, फेसबुकमा लेखिन यस्तो स्टाटस

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले यतिबेला उग्र रुप लिएको छ । ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने बहुमत नेताहरुको दाउ र जुनसुकै हालतमा कुर्सी नछोड्ने ओलीको कसरतसँगै उनीहरुको आन्तरिक विवाद अध्यादेश प्रकरणले छताछुल्ल पारिदिएको छ ।

नेकपाले आज बुधाबर सचिवालय बैठक बोलाएको छ । यसैबीच ओली प्रचण्ड भन्दा पनि यो विवाद पूर्व एमाले रे पूर्व माओवादी पक्षको हो भनेर भनेर समेत टिप्पणी हुन थालिसकेको छ । यहि बेलामा लकडाउनको सुरुवाती चरणमा घर गएकी नेकपाकी सचेतक शान्ता चौधरीलाई काठमाडाैं फर्किन हत्तारो भएको छ ।

चौधरी काठमाडाैंमा डेरामा बसिरहेकी थिइन । उनकी घरबेटी पनि दयालु थिइन जसकले ३ महिनाको भाडा समेत छुट दिइसकेकी थिइन । काठमाडाैं छाेड्ने बेलामा उनले पार्टीभित्रको विवाद यसरी पोखिएल भन्ने कल्पना पनि नगरेकी हुदिहुन । विवादले उग्र रुप लिएपछि चौधरी लकडाउनको वेवास्ता गर्दै बुधाबर काठमाडाै।का लागि रवाना भएउकी छिन ।

उनले केहि दिनको दाङ बसाईपछि आफु काठमाडाैं हिडेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएकी छिन। चौधरी ओलीनिकट हुन् । विवाद मिलाउनका लागि समन्वयकारी भूमिका निर्बहा गर्न उनी काठमाडाैं आउन लागेको धेरैले अनुमान गरेका छन् । शान्ताजस्तै काठमाडाैंबाहिर रहेका नेकपाका सबैजसो सांसद उपत्यका फर्कन थालेका छन् ।

विशेष