डेरामा बसेका विद्यार्थीलाई प्राथमिकतामा राखेर राहत बितरण गर्न माग
नेपाल विद्यार्थी संघले लकडाउनका कारण घर जान नपाएर डेरामै बसिरहेका विद्यार्थीहरुलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नेवि संघ अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै देशभरि पढाइका क्रममा डेरा लिएर बसेका विद्यार्थीलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका हुन्।
्विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत सबै किसिमका आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्दै ढुंगानाले ‘अप्ठ्यारो परेको बेलामा मेरो देशको सरकारले मलाई सहयोग गर्छ’ भन्ने कुराको प्रत्याभूति गराउन ध्यानाकर्षण गराएका छन्।
‘देश–विदेशमा रहेका रहेका नेवि संघ मातहतका इकाईहरु तथा नेवि संघमा आबद्ध साथीहरुलाई यस विपत्तिको क्षणमा आफ्नो क्षेत्रमा रहेका विद्यार्थीहरु र सम्पूर्ण जनसमूदायको दूःखमा आवश्यक साथ–सहयोग गरी तथा आवश्यक परेकालाई आफै अग्रसर भएर राहत प्रदान गर्न आह्वान गर्दछु,’ ढुंगानाले भनेका छन्।
त्यसैगरी, देशभरि सञ्चालन भएका राहत वितरण कार्यको पनि आफ्नो ढंगले अनुगमन गर्दै पाउनु पर्नेले नपाएको भए वा नपाउनु पर्नेले पाएको भए त्यस विरुद्ध खबरदारी गर्न र राहत वितरणका क्रमम केही अनियमतिता वा भ्रष्टाचर भएको भए त्यस विरुद्ध तरुन्त आवश्यक कदम चाल्न नेवि संघले आह्वान गरेको छ।