राजनीति

सरकारलाई कांग्रेसको आग्रह- भारत र चीन दुवै देशसँग वार्ता गर्नुपर्यो

सरकारलाई कांग्रेसको आग्रह- भारत र चीन दुवै देशसँग वार्ता गर्नुपर्यो

काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कालीपानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध हुनुपर्ने धारणा राखेका छन् । यसका लागि भारत र चीन दुवै देशसँग वार्ता गर्नुपर्ने पनि उनले बताएका छन् ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको नेपाली भूमिबारे कांग्रेसले विगतदेखि नै प्रष्ट दृष्टिकोण अघि सारेको भन्दै प्रवक्ता शर्माले सोमबार विज्ञप्ति मार्फत चीन र भारतसँगै नै नेपालले गहन संवाद गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘हामी संसारका हरेक मुलुकको सावैभौमिकताको सम्मान गर्दछौं र नेपालका बारे अरु राष्ट्रसँग पनि त्यही अपेक्षा राख्दछौं,’उनले विज्ञप्तिमा भनेका छन्,‘दुवै छिमेकी मित्रराष्ट्रसँग प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ, सामान्य बक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पुरा हुन्न ।’

विशेष