कोरोना संक्रमित बढ्दै गएपछि गृहले लियो यस्तो कडा निर्णय, जिल्लाभित्र पनि सवारी पास खारेज
काठमाडौं । उपत्यका समेत कोरोना संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका गरिएउकाे हाे ।
यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् ।